चुन ढुंगा खानी मा आगलागी

चितवन, जेठ १९–
पूर्वी चितवनको कालिका नगरपालिका–१ कोलाहरमा रहेको स्टार लाइन इन्डस्ट्रीज ( अज्ञात समूहले आगजनी गरेको छ।गएराती साढे आठ बजे आएका २५–३० जनाले अज्ञात समूहले खानीमा रहेको स्काभेटर र अन्य मेसिनमा आगजनि गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति विकास कोईरालाको लगानी रहेको उक्त चुनढुंगा खानीमा आगजनीबाट करिब डेढ रोडको क्षति भएको अनुमान गरिएको छ । घटनाको जानकारी आएपश्चात इलाका प्रहरी कार्यालय रत्ननगरबाट प्रहरी टोलि घटनास्थल तर्फ खटिएको थियो ।आगजनी गर्ने अज्ञात समूहको खोजीकार्य तीब्र पारिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुंवरले जानाकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया