देश भरि जेष्ठ नागरीक परिचयपत्रको आवस्यकता बढाउन सरकारसंग माग

विवेक भण्डारी,
नवलपरासी,४ असार,नेपाल सरकारले जारी गरेको जेष्ठ नागरीक परिचय पत्रको कुनै महत्व नभएको हुदा यस्को देश भरि आवस्यकता बढाउन जेष्ठ नागरीकले सरकार संग जोड दार माग गरेको छ । शनिवार अग्रज समाज नेपाल मिन भवन काठमाडौको टोलिले कावावासेतीमा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरीक परिचय पत्र कुनै ठाउमा लागु हुने तर कुनै ठाउमा लागु नहुने हुदा यस्तो परिचय पत्रको कुनै महत्व नभएको हुदा मुलुक भर यसको उपयोग सरकारले गराउनुपर्ने जेष्ठ नागरीकले वताएका छन । जेष्ठ नागरीक समाज केन्द्र कावासोतीले आयोजना गरेको कार्यक्रममा काठमाडौबाट आएको ६ जना टोलिले सो विषयमा जानकारी गराएको हो । साथै जेष्ठ नागरीकले अहिलेको ‘सरकारले जेष्ठ नागरीकको हकहितमा रहेको कुरा समेत वताएका छन । अहिलेको सरकारले जेष्ठनागरीकलाई सम्मान स्वरुप वृद्ध भक्तामा दोब्बर गरेको हुदा यो निकै सम्मान जनक कार्य भएको वताएका छन । कार्यक्रममा जेष्ठ नागरीक सयुक्त संघर्ष समितिका महाप्रसाद पराजुली , संघर्ष समितिका सह अध्यक्ष नन्दबहादुर खड्का, केन्द्रिय सदस्य हरिभक्त कटुवाल, पुर्वाञ्चल अध्यक्ष मानबहादुर चौहान लगायतको उपस्थीत रहेको थियो ।
तपाइँको प्रतिक्रिया