देश संघीय प्रणालीमा गएपछि केन्द्रीय सरकार बलियो हुनुपर्ने:पूर्वअर्थमन्त्री महत

पूर्वअर्थमन्त्री डा. रामशरण महतले देश संघीय प्रणालीमा गएपछि केन्द्रीय सरकार बलियो हुनुपर्ने बताउनुभएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता समेत रहनुभएका पूर्वअर्थमन्त्री डा. महतले केन्द्रीय सरकार बलियो नभए प्रान्तीय विकास कमजोर हुने खतरा रहेको स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक अस्थीरताका कारण प्रशासनीक क्षेत्रमा नाकारात्मक प्रभाव परेको टिप्पणी गर्नुभयो । उहाँले संघीय प्रदेशमा कर्मचारीतन्त्र ठुलो हुने भएकाले देशको अर्थतन्त्रले धान्न नसक्ने खतरा रहेको दाबी गर्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले संघीय नेपालको अर्थव्यवस्था सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया