दोश्रो गैडाकोट महोत्सवको नवौ दिन शुक्रबार पनि दर्शकको उत्साहजनक उपस्तिथी,चन्द्र शर्मा,चन्दा कार्की, शशांन कँडेल लगायतले स्टेज तताए
“आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ गैडाकोटको आयोजनामा पौष २७ बाट शुरु भएको दोस्रो गैडाकोट महोत्सव २०७४ को नवौ दिन शुक्रबार पनि दर्शकको उत्साहजनक उपस्तिथी देखिएको छ । करिव १० हजार दर्शकले अवलोकन गरेको उद्योग वाणिज्य संघ गैडाकोटका बरिष्ठ उपाध्यक्ष तथा दोस्रो गैडाकोट महोत्सव मुल समारोह समितिका संयोजक दिपक सापकोटाले जानकारी दिनुभएको छ । त्यसैगरी महोत्सवमा करिव एक करोड बराबरको आर्थिक कारोबार भएको उद्योग वाणिज्य संघ गैडाकोटका प्रथम उपाध्यक्ष एवं दोस्रो गैडाकोट महोत्सव आर्थिक उपसमितिको संयोजक एकदेब रिमाल ले जानकारी दिनुभयो । महोत्सवका प्रमुख आर्कषणमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर बंगलादेश, श्रीलंका, भारत, भूटान, पाकिस्तानका अन्तर्रा्ष्टिय उत्पादनका स्टल समेत रहेका छन । महोत्सवमा ३२० स्टल रहेका छन जसमध्य ४० वटा प्रवर्धनात्मक छन भने ,कृषिका १७ स्टल,स्थानिय सिमान्तकृत वर्गका उत्पादनहरु,अपांगता भएका व्याक्तिहरुका उत्पादन,एकल महिला पैरवी मञ्चका उत्पादनहरु र विभिन्न जातजाती मौलिकता झल्किने घरहरु समेत रहेका छन । शुक्रबार पनि व्यापारीक स्टलहरुहरु खचाखच थिए । आइटि र कृषिका स्टल समेत भरीभराउ देखिन्थे । मरुभुमीमा पाइने उट पनि महोत्सवको आर्कषणको केन्द्र बनेको थियो ।
स्थानिय कलाकारहरुको प्रस्तुती संगै स्टेज तताउने काम राष्ट्रिय कलाकारहरुले गरेका थिए । लोक दोहोरी कलाकारहरु चन्द्र शर्मा दिपक खड्का र चन्दा कार्की लगायतले दर्शकलाई निकै नचाए त्यसैगरी शशाँक कँडेल को प्रस्तुतीलाई समेत दर्शकले साथ दिएका थिए । महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती रहदै आएको छ ।पौष २७ बाट शुरु भएको महोत्सव माघ ८ सम्म चल्ने छ ।
तपाइँको प्रतिक्रिया