दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशाशन कार्यालय घेराउ

नवलपरासी, जेठ १६–
नेपाली युवा फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषाको मृत्यु उनका प्रेमी आशिष चौधरीकै कारण भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै पीडित पक्षले आज (आईतबार) जिल्ला प्रशाशन कार्यालय नवलपरासी घेराउ गरेका छन् । हातहातमा मनिषाको फोटो र प्लेकार्ड बोकेर ठूलो संख्यामा परासी पुगेका खेलप्रेमी, आफन्त स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्दै दोषि आशिष चौधरी माथि कारबाहीको माग गरेका हुन् ।हत्यारालाई फासी दे, घटनालाई ढाकछोप गर्न पाईदैन, घटनाको प्रतिबेदन सार्बजनिक गर, हत्यारालाई कारबाही गर जस्ता नारा लगाउदै उनीहरुले प्रदर्शन गरेका हुन् । बर्दघाटबाट ठूलो संख्यामा पीडितहरु दोषीलाई कारबाहीको दायरामा ल्याउन दबाब दिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन परासी पुगेका थिए । मनिषाको गत बुधवारराती शंकास्पद मृत्यु भएको थियो ।उनको मृत्युबारे अहिले अनुसन्धान जारी रहेको छ । प्रहरीले हत्या आरोपमा उनका प्रेमी आशिषलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया