दोस्रो अधिवेशनको तयारी सकियो

बिबेक भण्डारी २२, यहि चैत्र २३ गते बुधवार हुने जनजाति पत्रकार महासंघ फोनिज नवलपारसीको दोस्रो अधिवेशनको तयारी सकिएको फोनिज नवलपारसीले जनाएको छ । कावासोतीको खानेपानी सभाहलमा हुने कार्यक्रमका लागि आबश्यक सबै तयारी पुरा भएको फोनिज नवलपरासीका उपाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । अधिबेशनको उद्घाटन समारोहमा नवलपरासीका सञ्चार गृहहरुमा कृयाशील १०० भन्दा बढी जनजाति पत्रकारहरुको सहभागीता रहने र कार्यक्रमको उद्घाटन गर्न नेपाल आदिवासी जनजाति महासँघका केन्द्रिय सचिव राजकुमार बोटे आउनुहुने पनि श्रेष्ठले बताउनुभएको छ । उद्घाटन समारोह पश्चात बुधबार नै नयाँ कार्य समिति चयन गरिने छ । यसैबीच फोनिज नवलपरासीले कार्यक्रममा सहभागी हुन कृयाशील सम्पुर्ण जनजाति पत्रकारहरुलाई अपिल पनि गरेको छ ।
तपाइँको प्रतिक्रिया