दोस्रो राष्ट्रपति चयनको लागि मतदान प्रक्रिया सुरु

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनको लागि मतदान भईरहेको छ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् सचिवालयमा ११ बजेबाट मतदान भएको हो । नयाँ संविधान जारी भएपछि पहिलोपटक राष्ट्रपति पदको लागि भएको उक्त निर्वाचनमा नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ प्रतिस्पर्धामा हुनुुहुन्छ । मतदान ११ बजेबाट अपराह्न २ बजेसम्म चल्नेछ । मतदान सकिएपछि अपराह्न साढे दुई बजेबाट मतगणना प्रारम्भ हुने र अपराह्न ५ बजे बस्ने संसद्को बैठकमा मत परिणाम घोषणा गरिने संसद् सचिवालयले निर्वाचन कार्यतालिका बनाएको छ ।
तपाइँको प्रतिक्रिया