धर्नामा बसेका पूर्वलडाकुहरुलाई प्रहरीले हटायो

२३ कात्तिक, काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्नामा बसेका पूर्वलडाकुहरुलाई प्रहरीले हटाएको छ । सोमबार दिउँसोबाट बर्हिगमित पूर्वलडाकुहरुले माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडाको मूल गेटमा ताला लगाएर धर्नामा बसेका थिए । बालबच्चासहित राति पनि धर्नामा बसेका उनीहरुलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले ‘अयोग्य’को बिल्ला हटाउनुपर्ने, गणतन्त्रका योद्दा घोषणा गर्नुपर्ने, जनसेना सरह व्यवहार गर्नुपर्ने, पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने, घाइतेहरुको उपचार गर्नुपर्ने लगायत माग राख्दै आएका छन् । यसअघि पनि उनीहरूले माओवादी केन्द्रीय कार्यालयमा ५७ दिनसम्म धर्ना दिएका थिए । पार्टी कार्यालय घेराउ गर्न बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टसहित करिब दुई सय पूर्वलडाकु पेरिसडाँडामा बसेका थिए । सेना समायोजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट चार हजार नौ जनालाई अयोग्य लडाकु भन्दै शिविरबाट निकालिएको थियो ।…….. ok
तपाइँको प्रतिक्रिया