धानमा रोग लागेपछि किसानहरु मारमा

२७ जेठ,रत्ननगर। धानखेतीको पकेट क्षेत्र पूर्वी चितवनमा परेका छन् । फसल लागिसकेको धान रोगले सखाप पारेको छ । अघिल्लो वर्षहरुमा जस्तै गत चैतमा लगाईएको धानखेतीमा रोग देखा परेको हो । रोगकै कारण कतिपय किसानले लगाएको धान नकाटिकन जोत्नुपर्ने अवस्था पनि छ । किसान फसल लागेर काट्ने अवस्थामा पुगेको धानमा रोग देखिएपछि चिन्तित बनेका छन । रोग देखिएको जानकारी पाएपछि जिल्ला कृषि विकास कार्यालय भरतपुरको टोलीले यस क्षेत्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा नेक ब्लास्ट नामक रोग लाग्दा किसानको धान सखाप पारेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया