धार्मिक महोत्सव कावासोतीमा सुरु

विश्व जागरण महाअभियान ट्रष्ट केन्द्रिय समिति तथा यज्ञ मूल समिति कावासोतीको आयोजनामा शुक्रवार देखि माध मेला धार्मिक महोत्सव कावासोतीको खुल्ला मैदानमा सुरु भएको छ । यज्ञको पहिलो दिन ११११ सिद्ध कलश सहितको विशाल शोभा कलश यात्रा , भेषभूषा झाकी र शोभा यात्रा सहित यज्ञको सुभारम्भ भएको थियो । धार्मिक महोत्सवबाट संकलन हुने रकमको पुर्ण रुपमा सदुपपयोग हुने धार्मीक महोत्सवका प्रमुख वाचक ईश्वर कृष्ण महाराजीले शनिवार कावासोतीमा पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको हो । देवघाट धाममा अनाथ वालवालिकाको लागि भवन निर्माण गर्नलागिएको र त्यसको लागि करीव ३ देखि ४ करोड लाग्ने अनुमान गरीएको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । अनाथ ,असाहय वालवालिकाका लागि गुरुकूल निर्माण गर्नको लागि देश भरी ११ स्थानमा धार्मीक महोत्सव को आयोजन गर्न लागिएको जस अन्र्तगत कावासोतीमा पनि माघ १ गते देखि ११ गते सम्म माघ मेला तथा धार्मिक महोत्सव गर्न लागिएको हो । नेपालको ईतिहासमै पहिलो पटक हुने जनाईएको श्रीमद् भागवत धनधान्याञ्चल विश्व जागरण पितृ मोक्ष दुख निवारण तथा १ लाख लड्डुद्धारा गणपती अर्चना समेतको कार्यक्रम हुने जानकारी दिएको छ । धार्मिक ज्ञान – महोत्सवमा ट्रष्टका संरक्षक ईश्वर कृष्ण महाराज जी प्रमुख वाचकका रुपमा रहनुहुने जनाईएको छ । धार्मिक यज्ञभरिको अवधिमा गणेश सहस्रनामद्धारा १ हजार दरले एक लाख लड्डु भोग लगाउने , शालिग्राम नदि तथा नारायणी नदिमा पितृमोक्ष संकलप , लक्ष्मी वृद्धिकालागी १ हजार ड श्री शुक पाठद्धारा सिद्ध गरिएको श्रीयन्त्र वितरण , प्रतेक दिन विभिन्न सन्त महाराजबाट प्रवचन , महा भुकमपमा दिवङगत भएका पृतीहरुको निशुल्क मोक्ष विधि गरिने जनाईएको छ ।
तपाइँको प्रतिक्रिया