मौलाकालिका धार्मीक विश्राम स्थल एवम् भोजनालयको राष्ट्रपति द्वारा समुद्धाटन

विध्यादेवी भण्डारीले आज गौडाकोटमा रहेको मौलाकालिका मन्दिर परीसरमा नव निर्मित ६ कोठा सहितको विश्राम स्थल एवम् भोजनालयको एक कार्यक्रमका बिच समुद्धाटन गर्नु भयो ।
उहाले विश्राम स्थल एवम् धार्मीक विश्राम स्थल एवम् भोजनालयको उद्धाट गर्नु पुर्व मन्दिर परीसरमा पुजा अर्जना , होमन कुण्डमा होमन र शान्तिका प्रतिक ५ जोडी परेका उडाउनु भएको थियो ।
राष्ट्रपति भण्डारीले धार्मिक सेवा समिति मौलाकालिकाद्धारा आयोजीत सम्मान कार्यक्रममा बोल्दै नेपालको मध्यभागमा अवस्थित पर्यटकीय एवम् धार्मीक स्थलको अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो सम्पदा र संरचनाको अरु कसैले संरक्षण र प्रवद्धन नगरीदिने हुदा यस्ता संस्थाहरुको संरक्षण गर्नु पर्ने बताउदै धार्मीक क्षेत्रको संरक्षण गर्न स्थानिय संध संस्थालाग्नु पर्ने बताउदै यस्ता पर्यटकिय एवम् धार्मिक संस्थाले समेत आन्तरीक एवम् बाह् पर्यटक बढाउन सकिने बताउनु भयो ।हाम्रो विशिष्ट पहिचानको रुपमा रहेको बहुजातिय संस्कृतिलाई यथोचित सरक्षण गर्दै मुलुकमा राष्ट्र«ीय एकता, सहिष्शुता भातृत्व कायम गर्नु पर्ने भएकोले धार्मीक क्षेत्रको विकास गर्दै आन्तरीक एवम् बाह्य पर्यटक विकास गर्दै हाम्रा भावी पुस्तालाई गौरवान्दीत गराउनु हामी सबैको जिम्मेवारी रहेको बताउनु भयो ।
कार्यक्रममा मन्दिरको स्थापना समयदेखी हाल सम्म नैतिक, आर्थिक एवम् भौतिक सहयोग गर्ने रुक्मणी लामिछाने, मिना महत, बाल गोपाल चुके, भवानी गौडेल , लक्ष्मी पौडेल सहित ५ जना र मरणेप्रन्त स्वर्गिय देवी प्रसाद ढकाल र स्वार्गीय तोरण प्रसाद भुसाल गरी २ जना गरी सात जनालाई सो अवसरमा सम्मान समेत गरीएको थियो ।
कार्यक्रम धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष विष्णुहरी रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया