नक्कली प्रेस कार्ड बनाएर हिड्ने गैँडाकोटका एक पुरुष चितवन प्रहरीको नियन्त्रणमा

गैँडाकोट, ३१ बैशाख ।
चितवन प्रहरीले नक्कली पत्रकारलाई पक्राउ गरेको छ । भरतपुर ३ पुल्चोकमा चेकजाँच गर्ने क्रममा फ्लेक्स प्रिन्टको नाममा प्रेस लेखी बनाएको परिचयपत्र भिरेका गैँडाकोट ५ का २२ वर्षीय बिजय लामिछानेलाई नियन्त्रणमा लिइएको हो । रिपोर्टर हुँ भन्दै देखाएको परिचयपत्र शंका लागि सोधपुछ गर्दा कुनै सञ्चारमाध्यमको सम्वाददाता नभएको पुष्टि भएको थियो ।
त्यसपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा सूचना अधिकारी सरोज गिरीले जानकारी दिनु भयो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रिया