नक्कली मोदी बने मनोज गजुरेल
हास्यकलाकार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कली रूप धारण गरी पशुपतिनाथमा क्षमापूजा गर्नुभएको छ । भारतको अघोषित नाकाबन्दीको सांकेतिक विरोध गर्दै गरिएको क्षमापूजाका लागि हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साथ दिनुभएको थियो । क्षमापूजामा भारतको अघोषित नाकाबन्दीले नेपालीले दुःख भोग्नुपरेमा हास्यकलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले नेपालीको आसुको बोतल र गजुरेलले मोदीको पेट्रोलको बोलत साटासाट गर्नुभएको थियो । क्षमापूजापछि पशुपतिनाथको मुख्य मन्दिरमा पूजा–अर्चना गर्नुभएको मोदीले नाकाबन्दी गरेर नेपालीलाई पर्न गएको दुःखप्रति क्षमा माग्नुभएको थियो । नागरिक समाजले क्षमापूजा आयोजना गरेको हो । ज्योतिषी सुरेन्द्र सापकोटाले क्षमापूजा सञ्चालन गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया