नगरपालिका सुन्दर बनाउन चासो बढ्यो

बिबेक भण्डारी माघ १० , गैडाकोट नगरपालिकालाई सुन्दर र सफा नगरपालिका निर्माण गर्ने उद्देश्यले नगरपालिका भित्र रहेका मुख्य तथा शाखा सडकहरुमा नगरको सौन्दर्य विग्रने गरी सडकका दायाँवायाँ राखिएका निर्माण सामाग्री , विधुतपोल र वोर्डहरु हटाउने भएको भएको छ । नगरपालिकाले सुचना जारी गदै नगरपालिका भित्र रहेका मुख्य तथा शाखा सडक दायाँबायँ विभिन्न प्रचार जन्य बोर्ड तथा विभिन्न फोहर जन्य वस्तुहरु हटाउने भएको छ। नगरपालिकाका अनुसार सडकको दायाँबायाँ विभिन्न बोर्डहरुो कारणले नगरपालिकाके सौन्दय विग्रिने र यसको कारणले सवारी दुर्घटना पनि हुने हुदा यस्तो बोर्ड तथा निर्माण सामाग्रि सडकको दायाँबायाँ राख्न नपाउने नियम लागु गरेर कडाइ गर्ने गैडाकोट नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्णि नेपालले बताउनुभयो । नेपालका अनुसार गैडाकोट नगरपालिकालाई सुन्दर तथा सफा राख्ने उद्देह्यले आफुले यस विषयमा पनि प्राथमिता दिएको नगरपालिकाक कार्यकारी अधिकृत नेपालले जानकारी दिनुभयो । नगरपालिकाको सुचनालाई वेवास्ता गरिएको पाइएमा स्थानिय स्वायत्त शासन एन, २०५५ तथा नियमावली , २०५६ बमोजीम कारबाही हुने समेत नगरपालिकको सुचनामा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया