नगर क्षेत्रको मुख्य सडकमा सोलार बत्ति जडान

दयाराम आचार्य
नवलपरासी,असार २७
कावासोती नगरपालिकाले मुख्य राजमार्गलाई केन्द्रित गरी सोलर बत्ति जडान कार्यलाई अगाडि बढाएको छ । कावासोती नगरपालिकाको वातावरण मैत्री स्थानिय शासन कार्यक्रम अन्र्तगत नगरपालिका क्षेत्र भित्र पर्ने मुख्य सडकमा सोलार बत्ति जडान कार्य अगाडि बढाईएको हो । नगरपालीका क्षेत्र भित्र पर्ने मुख्य सडक केन्द्रित गरी बिभिन्न चोक चोकमा हाल करीब १७ लाख रुपैयाको लागतमा १७ वटा सोलार बत्ति जडान गरीने कावासोती नगरपालिका योजना फाटका विनोद अर्यालले बताउनु भयो ।
बातावरण मैत्रि कार्यक्रम अन्र्तगतनै अघिल्लो बर्ष नगरपालिकाको मुख्य बजार क्षेत्र केन्द्रित गरी केहि सोलार बत्ति जडान गरीएकोमा हाल भने मुख्य राजमार्ग केन्द्रित गरी सोलार बत्ति जडान कार्य थालनी गरीएको उहाले बताउनु भयो ।
काठमाण्डौको अल्ट्रा सोलार कम्पनीले जडान कार्य जिम्मा लिएको र यहि असार मसान्त सम्ममा सोलार बत्ति जडान कार्य सम्मपन्न हुने समेत अर्यालले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया