नन्दन सामुदायिक वनको अध्यक्ष पदमा मंसिर १९ गते चुनाव हुने, अन्य पदमा सर्वसम्मत

गैँडाकोट, १७ मंसिर ।
नन्दन सामुदायिक वन गैँडाकोट ६,८ र ९ को अध्यक्षको टुुगों लगाउन मंसिर १९ गते चुनाव हुने भएको छ । अध्यक्ष पदमा दिएको उमेदवारी फिर्ता नलिएपछि अध्यक्ष पदमा चुनाब गरिने भएको हो ।
अध्यक्ष पदमा नेपाली काँग्रेसको कोटाबाट डिलाराम सापकोटा र बालकृष्ण गौडेल चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । दुवैले अध्यक्षमा आफ्नो दावी नछाडेपछि अध्यक्ष पदमा चुनाव हुने निर्णय भएको निर्वाचन समिति संयोजक इन्द्रराज ज्योति पौडेलले बताउनु भयो ।
अध्यक्ष बाहेक सर्वसम्मत भएका पदाधिकारीहरु
तपाइँको प्रतिक्रिया