नमुना चौधरी टोलपनि वालश्रम मुक्त

चितवन ,जेष्ठ २०
रत्ननगर नगरपालिका वडा नम्वर १ स्थित नमुना चौधरी टोललाई वालश्रम मुक्त टोल घोषणा गरिएको छ । विहीवार एक कार्यक्रमको आयोजनालाई गरी सो टोल वाल श्रम मुक्त रहेको घोषणा गरिएको हो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले टोल विकास संस्थाकी अध्यक्ष संगीता चौधरीलाई सो टोलमा रहेका कुनै पनि वालवालिका श्रममा नलागेको ,सवै शिक्षाको पौचमा रहेको भनि वालश्रममुक्त गरेको प्रमाणपत्र हस्तान्तरण गरे । ३१ घरधुरी रहेको सो टोलमा १ सय ५१ जना संख्या छ। त्यसमध्ये ४८ जना वालवालिका रहेको वालमैत्री स्थानिय शासन कार्यक्रम अन्तर्गत वालश्रम न्युनिरकण तथा वाल संरक्षण कार्यक्रमका सदस्य निरज श्रेष्ठले जानकारी दिए । नमुना चौधरी टोलसंगै रत्ननगरमा श्रम मुक्त हुने टोलको संख्या ५ पुगेको छ ।
यसअघि शान्तिकुञ्ज,शान्ति,हाजिपुर र सयपत्री टोल वालश्रम मुक्त घोषणा गरिसकेको छ । वालमैत्री स्थानिय शासन अन्र्तगत वालश्रम न्युनिकरण तथा वाल संरक्षण कार्यक्रम संचालनको जिम्मा पाएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विसुरालले कार्यक्रमको उदेश्य माथी प्रकास पारेका थिए । टोल विकास संस्थाकी अध्यक्ष संगीता चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख तेजेन्द्रनाथ लामिछाने,मधेशी जनअधिकार फोरमका कृष्ण चौधरी,वाल क्लवका अध्यक्ष सिद्धान्त श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । शुक्रवार रत्ननगर ९ को पंचकन्या हाईट टोललाई वालश्रम मुक्त घोषणा गरिदै छ ।
तपाइँको प्रतिक्रिया