नयाँ शक्तिको सम्पर्क कार्यालय परासीमा

परासी, ३ माघ । स्वाधिन समृद्ध र समावेशी नयाँ नेपाल निर्माण उद्देश्यल लिएर जनतामाझ हिडिरहेको नयाँ शक्तिको आज परासीमा सम्पर्क कार्यालय स्थापना भएको छ । जनताहरुको हक अधिकारलाई सुनिश्चित गराउने र नेपाल सरकारको सबै निकायमा समावेशी ठंगबाट सबै समुदायको प्रतिनिधित्व गराउने धारणा बोकेर हिडेको नयाँ शक्तिको परासीमा सम्पर्क कार्यालय खोलिएको हो ।
नयाँ शक्ति अभियानका केन्द्रिय अभियन्ता तथा कार्यक्रमका प्रमुख अतिथि देवेन्द्र पौडेलले एक भव्य कार्यक्रम बिच कार्यालयको उद्दघाटन गर्नु भएको थियो । सम्पर्क कार्यालय लोकतान्त्रिक चोक स्थित नेपाल विद्युत प्राधिकरण कार्यालयको अगाडी शुभशान्त होटेल भएको भवनमा खोलिएको छ ।
कार्यक्रमका अधयक्ष चिनक कुर्मी, कार्यक्रमका प्रमुख अतिथि देवेन्द्र पौडेल, नयाँ शक्तिका केन्द्रिय अभियन्ता बामदेव क्षेत्री, केन्द्रिय अभियन्ता मोती रिजाल, मधेशी मोर्चाका संयोजक मुकुरजी गिरी, तराई मधेश सदभावना पार्थीका केन्द्रिय उपाध्यक्ष एवं पुर्व सभाषद हाजी अलाउद्दीन, तमलोपा उपाध्यक्ष पुरन चौधरी, फोरम नेपाल जिल्ला अध्यक्ष धरेन्द्र यादव, पाल्ही बहुमुखी क्याप्स व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम पाठक, नेपाल नाई संघ जिल्ला अध्यक्ष विरेन्द्र ठाकुर, नयाँ शक्तिका जिल्ला अभियन्ता अमिरुल्लाह मियाँ लगायतले मन्तब्य राख्नु भएका थिए ।
तपाइँको प्रतिक्रिया