नयाँ शक्ति उदयको लागि भन्दै सामूहिक राजीनामा

एकीकृत माओवादीका ४५ जना केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाडामा मंगलबार नेता देवेन्द्र पौडेलको नेतृत्वमा ४५ जनाले पार्टी मुख्य सचिव हितराज पाण्डेसमक्ष केन्द्रीय सदस्यबाट राजीनामा बुझाएका हुन् । राजीनामा दिनेहरू सबै डाक्टर बाबुराम भटट्राई पक्षधर रहेको बताइएको छ । राजीनामा दिएका सदस्यहरूले नया“ शक्तिको उदयको लागि भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा बुझाएका हुन् । राजीनामा दिनेहरूमा देवेन्द्र पौडेल, गंगानारायण श्रेष्ठ, रामरिझन यादव, हिसिला यमी, रामचन्द्र झा, रामकुमार शर्मा, खिमलाल देवकोटा, नवराज सुवेदी, कल्पना धमलालगायत छन् । पौडेल, श्रेष्ठ र यादवले भट्टराई प्रधानमन्त्री रह“दा राजनीतिक नियुक्ति पाएका थिए भने झा दोस्रो संविधानसभा निर्वाचनपूर्व एमालेबाट माओवादीमा प्रवेश गर्नुभएको थियो । भट्टराईका निकट सहयोगी मानिएका नेता टोपबहादुर रायमाझी भने अहिले उपप्रधान एवम् ऊर्जामन्त्री हुनुहुन्छ । त्यस्तै मधेसका प्रभावशाली नेता प्रभु साह पनि अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति हुनुहुन्छ । भट्टराई संविधान जारी भएस“गै असोज ८ गते पार्टी परित्याग गरेर नया“ शक्ति निर्माणका लागि देश दौडाहा र छलफलमा व्यस्त हुनुहुन्छ ।
तपाइँको प्रतिक्रिया