नयाँ संविधानः नवौँ गणतन्त्र दिवस

काठमाडौँ, जेठ १५ ,मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ ।जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ ।राष्ट्रपति गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सरिक हुनुहुने छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्री पनि सहभागिता रहने छ ।राष्ट्रपतिले नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । रेडियो नेपाल लगायत विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवससँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने छन् ।गणतन्त्र दिनकै अवसर पारेर प्रत्येक वर्ष जेठ १५ गते नै आगामी आवको आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । व्यस्थापिका–संसद्को शनिबारको अपराह्न ४ बजे बस्ने बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नुहुनेछ । –रासस
तपाइँको प्रतिक्रिया