नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले नयाँ संविधानअनुसार हुने विभिन्न पदमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा प्रतिष्पर्धा गरिसकेकाले अब निर्वाचन हुन गइरहेका अन्य पदमा पनि प्रतिष्पर्धा गर्दा स्वभाविक हुने भन्दै सो निर्णय गरेको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बताउनुभयो । बैठकले अब निर्वाचन हुने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा प्रतिष्पर्धा गर्नका लागि यसअघि प्रधानमन्त्री निर्वाचनमा साथ दिने राजनीतिक दलसँग सल्लाह र परामर्श गर्ने निर्णय गरेको छ । यही असोज २४ गते भएको प्रधानमन्त्री निर्वाचनपछि पहिलोपटक बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री पदमा समर्थन गर्ने दल र सांसद सबैलाई धन्यवाद दिदै भविष्यमा पनि सहकार्य हुने विश्वास व्यक्त गरेको प्रवक्ता बडूले जनकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया