नयाँ संविधान बनाउने ऐतिहासिक काम सम्पन्न गरेसँगै देश नाकाबन्दी जस्तो ऐतिहासिक संकटमा :प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले देश नाकाबन्दी जस्तो ऐतिहासिक संकटमा परेकोमा भन्दै दुख व्यक्त गर्नुभएको छ ।
बुधबार काठमाडौमा मेरो निबन्ध विधाको चौथो सन्तान हिम फुलेको रातको लोकार्पण तथा बृहद् साहित्य प्रदर्शनीको अवलोकन गर्दे अध्यक्ष प्रचण्डले संविधानसभाबाट नयाँ संविधान बनाउने ऐतिहासिक काम सम्पन्न गरेसँगै देश नाकाबन्दी जस्तो ऐतिहासिक संकटमा परेको भन्दै दुख व्यक्त गर्नुभएको हो । उहाले अहिलेको राजनीतिक संकट पार लगाउन आफू निरन्तर कुटनीतिक र राजनीतिक छलफलमा व्यस्त उल्ल्ेख गर्नुभयो । राजनीतिबारे टिप्पणी गर्न मन नलाको भन्दै उहाले संविधान घोषणा भएपछि नाकाबन्दीले जनजीबन प्रभावित भएको र अर्को ३० बर्षसम्म सँगै सहकार्य गरेको एकजना साथी छुट्टिनको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मन्तव्यका क्रममा उहाले पटक पटक राजनीतिक बिषयमा टिप्पणी गर्दा कुरा बिग्रने भन्दै राजनीतिक बिषयमा कुरा नाराख्ने बताउनुभएको थियो ।
तपाइँको प्रतिक्रिया