नवनियुक्त जिल्ला बसोबास व्यवस्थापन समितिका अध्यक्ष चौधरीलाई भरतपुरमा स्वागत
चितवन, माघ १०–
नवनियुक्त जिल्ला बसोबास व्यवस्थापन समिति चितवनका अध्यक्षमा जोखा प्रसाद चौधरीलाई आज भरतपुरमा स्वागत गरिएको छ । भुमी सुधार तथा व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले चौधरी अध्यक्षमा नियुक्त गरेको थियो । नवनियुक्त अध्यक्ष चौधरीले काठमाडौंमा हिजो पत्र बुझेपछि आज भरतपुर विमानस्थलमा स्थानीयबासी र कार्यकर्ताहरुले फुलमालाले स्वागत गरेका हुन् । खैरहनी नगरपालिका–१० निवासी चौधरीलाई स्थानीयबासी र फोरम लोकतान्त्रिकबाट नेपाली काँग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुले विमानस्थल नै पुगेर स्वागत गरेका हुन् ।
व्यवस्थित बसोबास आयोग अन्तरगतको यस जिल्ला बसोबास व्यवस्थापन समिति चितवनले जिल्लाका सुकुम्बासीहरुलाई लालपुर्जा वितरणको काम गर्नेछ । यसअघि यस समिति जिल्ला सुकुम्बासी आयोगको रुपमा रहेको थियो ।
भुमी सुधार तथा व्यवस्था मन्त्रालय गोपाल दहितको निर्णयले चौधरीलाई अध्यक्षमा नियुक्त गरिएको हो । सो निर्णय माघ ९ गतेदेखि नै लागु गरिएको छ । नवनियुक्त अध्यक्ष चौधरीले जिल्लाका सबै स्थानीय तह र प्रशासनसंग छलफल गरि जिल्लामा रहेका सुकुम्बासीहरुलाई लालपुर्जा वितरणका लागि आफूलेले भुमिका खेल्ने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया