नवनिर्वाचित राष्ट्रपतिको सपथ विहीवार दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवासमा गर्ने तयारी

नवनिर्वाचित राष्ट्रपतिको सपथ विहीवार दिउँसो ३ बजे राष्ट्रपति भवन भव्य समारोहकाबीच गर्ने तयारी गरिएको छ । संविधानअनुसार नवनिर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सपथ दिलाउने कार्यक्रम छ । सपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई पदभार हस्तान्तरण गर्ने तय भएको छ । यता, मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवलाई राज्यका तर्फबाट अतिविशिष्ट व्यक्तित्वका रुपमा आवाससहितको सुविधा उपलब्ध गराइने भएको छ ।उहाको आवासकालागि ललितपुरको भैंसेपाटीमा सुविधासम्पन्न घर बन्दोबस्त गरिसकिएको जनाइएको छ ।
तपाइँको प्रतिक्रिया