नवलपरासीका दुग्ध व्यवसायीद्धारा दुग्ध संकलन बन्द

ज्ञानु पंगेनी, नवलपरासी, असोज १६– तराई क्षेत्रमा भएको लगातारको बन्दले मर्कामा परेका दुग्ध व्यवसायिहरु पेट्रोलियम पदार्थको अभाव भएपछि व्यवसाय नै बन्द गर्न बाध्य भएका छन् । नवलपरासीमा रहेको दुग्ध संकलन केन्द तथा दुग्ध डेरीहरुसंगै पशुपालक किसानहरु अहिले बन्द र पेट्रोलियक पदार्थको अभावको दोहोरो चपेटामा परेका छन् ।
लामो समयको बन्दले गर्दा संकलन भएको दुध बाहिर पठाउन नपाएर मारमा परेका दुग्ध व्यवसायिहरु अहिले पेट्रलियम पदार्थको अभावले गर्दा दुग्ध संकलन नै बन्द गर्न बाध्य भएका छन ।
नवलपरासीको दाउन्नेदेवि गाविसको चौपत्तामा रहेको चन्द्रोदयबहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक निमप्रसाद बस्यालले संस्थामा दुग्ध संकलन बन्द गरिएको बताउनुभयो ।
संस्थामा संकलन भएको दुग्ध लुम्बिनी दुग्ध वितरण आयोजना बुटवललाई दिने गरिएको र आयोजनाले आजबाट दुग्ध नल्याउन भनेपछि जिल्लाको परासी क्षेत्रका दुग्ध व्यवसायिहरुले दुग्ध संकलन नै बन्द गरेको उहाँले बताउनुभयो ।
पेट्रोल नपाएपछि सवारीले दुध पुर्याउन नपाएकाले दुग्ध संकलन बन्द गर्नुपरेको उहाँको भनाई छ । संस्थामा दैनिक रुपमा ४४ सय लिटर दुग्ध संकलन हुँदै आएको र दुध संकलन बन्द भएसंगै व्यवसायमा घाटा व्यहोर्नुपरेको भन्दै उहाँले दुखेसो पोख्नुभयो ।
यस्तै संस्थामा दैनिक रुपमा दुध ल्याउने ३ वटा डेरी र १४ सय ४३ जना नियमित पशुपालक किसानहरु मर्कामा परेको उहाँको भनाई छ ।
जबसम्म दुग्ध किसानहरुकालागी पेट्रोलियम पदार्थको सहजता हुँदैन तबसम्म दुग्ध संकलन बन्द गर्नुपर्ने भएकोले यसबाट दैनिक रुपमा लाखौ रुपैयाँको घाटा व्योहोर्नु पर्ने र पशुपालक किसानहरुलाई समेत असर पर्ने हुँदा सरकारले दुग्ध व्यवसायकालागी पेट्रोलियम पदार्थको सहजता बनाई दिनका लागी समेत आग्रह गर्नुभयो ।
तपाइँको प्रतिक्रिया