नवलपरासीका निजी बिद्यालयहरु आईतवार बन्द

नवलपरासी , ५ भदौ । नवलपरासीका निजी बिद्यालयहरु आईतवार बन्द भएका छन् । शनिबार दुर्घटनामा परी सनराईज स्कुल भुताहाका प्रिन्सीपल विश्वराज सुवेदीको मृत्यु भएपछि उहांको स्मिृतीमा आज जिल्लाका सबै निजी बिद्यालयहरु बन्द भएका हुन् ।
सुवेदीको निधन प्रति दुख ब्यक्त गर्दै उहाँको स्मितीमा जिल्लाका करिब ३०० निजी बिद्यालयहरु बन्द गरिएको हो । सुबेदी नवलपरासीको कावासोतिमा मोटरसाईकल दुर्घटनामा परी असामहिक निधन भएको थियो । सुवेदीको आजै त्रिबेणीधाममा अन्त्यष्टी गरिएको हो ।
सुबेदी जिल्लामा निजी क्षेत्रका बिद्यालयको स्थापनामा अहल भुमीका निर्वाह गरेको ब्यक्तीत्व हुन् ।
सुबेदी हाल प्याब्सन नवलपरासी सल्लाहकार , जिसन नवलपरासीका प्रमुख सल्लाहकार एबम् सालबास सन राइज बोर्डिङ स्कुलका सन्स्थापक प्रिन्सीपल हुन । सो दुर्घटनामा परी नवलपरासी देबचुली नगरपालिका १५प्रगतीनगर का समाजसेबी रबिलाल अधिकारी राजु समेत मृत्यु भएको थियो ।
तपाइँको प्रतिक्रिया