नवलपरासीका फिरोज दुई महिना देखी सम्पर्क बिहीन

पुरुषोत्तम सुबेदी ,
नवलपरासी , १६ असार । नवलपरासीको नर्सहीबाट एक बालक लामोसमय देखी सम्पर्क बिहीन भएका छन् । करिब २ महिना अघि देखी नवलपरासीको नर्सही १ का निजाबुद्धिन मियाको १३ बर्षिय छोरा फिरोज मिया सम्पर्क विहीन भएको स्थानियबासी महातम गौडले बताउनुभयो ।
यद्यपी उनको खोजी कार्य आफन्तले गरिरहेका छन् । घरबाट साईकल र दुई हजार रुपैया नगद लिएका किताब खरिद गर्न निस्केका फिरोज लामो देखी सम्पर्क बिहीन बनेको अर्का स्थानियबासी श्रीराम लोनियाले बताउनुभयो ।
फिरोजको बारे कसैलाई थाहा भएमा घर परिवार साथै प्रहरीमा जानकारी गराईदिन स्थानियबासीहरुले संचारमार्फत सबैलाई आग्रह गरेका छन् । फिरोज कक्षा ७ मा नर्सही स्थित सरकारी बिद्यालयमा अध्ययन गर्दै आएका थिए ।
तपाइँको प्रतिक्रिया