नवलपरासीका बाढि पिडितहरुलाई राहत

टीकाराम गैरे,
नवलपरासी भदौ २८, नवलपरासीको बाढि ग्रस्त तिन गांउ बिकास समितिका बाढि पिडितहरुलाई मंगलबार राहत बितरण गरीएको छ ।
बाढि पिडितहरुको सरसफाईलाई ख्याल गर्दे कारीतास नेपालको सहयोग तथा जिल्ला दैबि प्रकोप उददार समिति र सिडीएम नेपालको समन्वयमा जिल्लाको सिमाबर्ति भुजहवा, रामपुर खडौना र रामपुरुवा गांउ बिकास समितिका बाढि पिडितहरुलाई सरसफाई लगायतका बिभिन्न राहत ससमाग्री बितरण गरीएको सीडिएम नेपालका धर्म घिमिरेले जानकारी दिनु भयो ।
तिन गांउ बिकास समितिका १ सय १० घर परीवारलाई बाल्टी, साबुन, रुमाल, पिउस, झुल महिला तथा बालबालीको कपडा लगातका ८ प्रकारका समाग्री बितरण गरीएको कारीतास नेपालकी शोभा काईरालाले बताउनु भयो ।
राहत समाग्री बितरण कार्यक्रम रामपुर खडौनाका निबर्तमान अध्यक्ष सुभान अलि अन्सारीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सडिएम नेपालका धर्म घिमिरे, चम्पक भटटराई, काारी तास नेपालकी शौभा कोईराला, नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाका शशिधर कण्डेल जिल्ला प्रशासन कार्यालयका दिलीप यादव लगायतले बाढि पिडितलाई समान्य राहत दिन सके पनि केहि न केहि समस्या हल हुने बताउनु भएको थियो ।
तपाइँको प्रतिक्रिया