नवलपरासीका बिभिन्न शक्ति पिठहरुमा श्रदालुहरु भक्तजनहरुको घुईचो

पुरुषोत्तम सुबेदी,परासी , ३० असोज । दशैं सुरु भएलगतै यतिबेला नवलपरासीका बिभिन्न शक्ति पिठहरुमा श्रदालुहरु भक्तजनहरुको घुईचो लागेको छ । बिभिन्न देबी दुर्गा माताको मंन्दिरहरुमा देबी भगबती र दुर्गाको मर्तिमा बिशेष पुजा आजा गर्न नेपाल सहित सिमावर्ती भारतिय बजारबाट समेत भक्तजनहरुको घुईचो लागेको हो । नवलपरासीको पाल्ही भगबती मंन्दिर पाल्ही, मौलाकालीका मन्दिर गैडाकोट, दाउन्ने स्थित दाउन्ने कैलाश ,परासीको काली भगबती र दुर्गा मंदिर, शुक्रौरौलीको कांडरमाता र अमरौको कोटई माता लगायतका मंदिरहरुमा भक्तजनहरुको घुईचो लागेका छ । ति मठ मन्दिरहरुमा दशै सुरु भए लगतै देखी दैनिक रुपमा बिशेष पुजा आजा भईरहेका छन् । दशैको बेलामा बिभिन्न शक्ति पिठहरुमा श्रदालुहरु भक्तजनहरुले पुजा अर्चना गरेमा परीवारीक शुखशान्ती मिल्ने धार्मिक बिस्वास रही आएका हो । घटस्थापना पछिका दशैका बिभिन्न दिनहरुमा यस्ता शक्तीपिठहरुमा दुर्गालाई बोका लगायतका पशु बली दिई मिठो मिठो खाने गरेको पाईन्छ । तराई मधेशका बिभिन्न भागमा दुर्गा भवानीको मुर्ति समेत स्थापना गरी दशैंको पुजा भर्ने चलन रहेको छ ।
तराई मधेशमा ठांउ ठांउमा दुर्गा भवानीको मुर्ति बनाएर गांउ भरीका मानीसले पुजा गर्ने र घटस्थापना देखि ९ दिन सम्म अधिकांशले चोख निति गरी दुर्गा माताको नाममा मधेशमा बस्ने पहाडि समुदायले उपहास बस्ने पनि चलन रही आएको छ । (रासस)
तपाइँको प्रतिक्रिया