नवलपरासीका विभिन्न भन्सार कार्यालयहरुको राजस्व शुन्य

पुरुषोत्तम सुबेदी
परासी, १३ असोज । डेढ महिनाको लागातार अनिश्चितकालिन बन्दले अहिले नवलपरासीका विभिन्न भन्सार कार्यालयहरुको राजस्व शुन्यमा झरेको छ । सिमावर्ति क्षेत्रमा बन्दको कडा प्रभाव परेपछि भन्सार कार्यालयहरु बन्द भएको अवस्थामा छन् भने भन्सार पनि शुन्यमा झरेको छ ।
बन्दमा जिल्लाका सिमानाकाहरुबाट मालसमान तथा सवारी साधनहरुको निकासी पैठारी नभएपछि राजस्व नउठेको साथै सुरक्षाको अभावले भन्सारहरु खुल्न नपाएको मुख्य भन्सार कार्यालय महेसपुरले जनाएको छ । बन्दको कडा प्रभावमा परेको जिल्लाको महेसपुर, विषुनपुरा, भुजहवा, झुल्नीपुर र त्रिवेणी समेतका छोटी भन्सार कार्यालयहरु बन्दमा बन्द अवस्था छन् भने निकासी पैठारीपनि ठप्प रहेको छ ।
यता केहिदिन देखि मधेशी थरुहट संयुक्त लोकतान्त्रिक मोर्चाले बन्दलाई चर्काउदै जिल्लाको सम्पुर्ण नाकाहरुलाई अनिश्चितकालि नाकाबन्दी गर्दै आज दोश्रो दिनपनि महेसपुर नाकामा धर्ना जारी रहेको मोर्चाका संयोजक मुकुरजी गिरीले जानकारी दिनु भयो ।
भन्सार कार्यालय एवं नाकाहरु बन्दका कारण सरकारलाई करोडको राजस्व घाटा लागेको कार्यालयले जनाएको छ । बन्द तथा नाका खुल्ने समय निश्चित नभएपछि सो घाटा अझै बढने कार्यालयको अनुमान छ ।
तपाइँको प्रतिक्रिया