नवलपरासीका होटल तथा रेष्टुरेन्टमा ढिडोको माग बढ्यो

बिबेक भण्डारी माघ ३- मानिसको व्यस्तता बढ्े संगै
विभिन्न किसिमका शारिरीक स्वास्थ्य सम्बन्धि पर्याप्त समय अपुग हुदा यतिबेला मानिसहरुमा विभिन्न किसिमका रोगहरु देखा पदै गएको छ। जस्मध्ये यतिवेला सुगर रोग अर्थात टाइविटिज धेरै जसो मानिसकहरुमा देखा पर्दै गएको छ। मानिसको व्यस्ता , खानपिनमा निश्तिच समय नहुनु जस्ता कारणले मानिसमाहरुमा सुगर रोग बढ्ेको देखिन्छ । सुगर रोग बढ्े संगै यतिवेला जिल्लामा ढिडोको व्यवशाय भने फस्टाउदै गएको छ। विशेष गरि सुगर रोग लागेकाहरुको रोजाइ नै ढिडो बनेको छ। जिल्लाका विभिन्न स्थानमा संञ्चालनमा रहेका होटलहरुमा यतिबेला ढिडो नै बढि पाक्ने गरेको छ। विशेष गरेर स्वास्थ्यको दृष्टिकोणले पनि यतिबेला ढिडो बढि रोजाइमा परेको देखिन्छ । विशेष गरेर जिल्लाको गैडाकोट नगरपालिका थुम्सीमा ढिडो व्यवशाय फस्टाएको छ। विशेष गरेर यहाका पल्पालि ढिडो रेस्टुरेन्ट र पाते ढिडो रेस्टुरेन्टमा ढिडो परिकारको स्वाद लिन यहा आउने गरेका छन । स्वास्थ्यको दृष्टिकोणले मात्र नभई यतिबेला फेसनको रुपमा पनि ढिडोको स्वाद लिन आउने गरेको पाल्पालि ढिडो रेस्टुरेृन्टका संञ्चालक अर्जुन पाण्डेले बताउनुभयो । उहाका अनुसार विभिन्न तरकारी उब्जाउ गर्दा विशादीको प्रयोग बढ्ेको तथा तरकारीमा मात्र नभई धान उब्जाउ गर्दा पनि विभिन्न विशादिको प्रयोगका कारण स्वास्थ्यलाई अप्रत्यक्ष रुपमा असर पारि रहेको हुदा यति बेला ढिडो नै उत्तम खाना बन्ने गरेको बताउदै सुगर रोगका विरामिहरुले बढि ढिडो खोज्ने गरेको बताउनुभयो । उहाले ढिडो खाना यतिबेला फेसन पनि बनेको बताउनुभयो । विगत केहि वर्ष देखि जिल्लाको गैडाकोट नगरपालिका ९ थुम्सीमा रेष्टुरेन्ट सञ्चालन गरेर बस्नु भएका पाण्डेले पहिलेको तुलनामा अतिबेला ढिडोको माग बढेको बताउनुभयो स। उहाले विशेष गरि कोदो , फापर , मकै लगातको मिश्रण गरि ढिडो बनाउने गरेको बताउदै ग्राहकको माग अनुसार आफुले ढिडोको परकार तयार पारि दिने गरेको बताउनुभयो। यतिबेला जिल्लामा रहेका विभिन्न होटलहरु पनि ढिडोको परिकार बेच्न थालेका छन । विशेष गरि सुगर रोगबाट ग्रसीत मानिको लागि भात भन्दा ढिडो उत्तम रहेकोले ढिडो व्यवशाय यतिबेला फस्टाउदै गएको देख्न सकिन्छ ।
तपाइँको प्रतिक्रिया