नवलपरासीको इतिहासमै पहिलो पटक मोवाइल मेला

बिबेक भण्डारी ११ , नवलपरासीको इतिहासमै पहिलो पटक मोवाइल मेला आयोजना हुने भएको छ । मंगलवार कावासोती मोवाइल एशोशियनले पत्रकार सम्मेलन गरि मेलाको बारेमा जानकारी गराएको हो । कावासोती नगरपालिका भित्र रहेका मोवाइल व्यवशायिहरुले संयुक्त रुपमा मेलाको आयोजन गर्न लागेको हो । असोज १४ गते देखि १८ गते सम्म हुने मेलामा विभिन्न ब्राण्डका मोबाइलहरु सेम्सुङ , जियोनी , लाभा , पानासोनी र लेभन मोवाइलहरु ीवक्र तथा प्रर्दशनिमा राखिने आयोजक तथा मेलाका संयोजक शिव पोख्रेलले जानकारी दिनुभयो । साथै मेलामा ग्राहकहरुको लागि मोबाइल खरिदमा ५ प्रतिशत देखि ८ प्रतिशत सम्म छुट रहेको साथै हात खालि नजाने बम्पर उपहारको समेत व्यवस्था गरेको आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मोबाइल मेला आयोजकले मेलामा पचास हजारले मेलाको अवलोकन गर्ने र करिव एक करोड बराबरको कारोवार गर्ने लक्ष आयोजकले राखेको छ । मेला कावासोतीमा रहेका विभिन्न मोवाइल हाउसले संयुक्त रुपमा आयोजना गरेको जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया