नवलपरासीको कोल्हुवामा कुलोमा डुबेर बालको मृत्यु

विवेक भण्डारी,
नवलपरासी,असोज २ ,नवलपरासीको चोरमारामा आइतवार एक ज्यान गएको छ । मध्यविन्दु नगरपालिका ६कोल्हुवाका बस्ने अनिल चौधरीका २ वर्षिय छोरा अरनक चौधरीको घर नजिक रहेको कुलोमा खेल्ने क्रममा ज्यान गएको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार घर नजिकको कुलोमा डुबेर घाइते बच्चालाई उपचारकालागि कावासोती १६ डण्डा स्थीत मध्यविन्दु सामुदायिक अस्पताल ल्याउने क्रममा बालकको ज्यान गएको हो ।
तपाइँको प्रतिक्रिया