नवलपरासीको गैंडाकोटमा भगवान गौतम बुद्धको मूर्ति अनाबरण

गैँडाकोट, ८ जेष्ठ । शान्तिका महानायक भगवान गौतम बुद्धको २५६० औं जन्म जयन्तीको अवसरमा नवलपरासीको गैंडाकोट स्थित मौला कालिका मन्दिर फेदीमा शान्ति पूजाका साथ भगवान गौतम बुद्धको मुर्ति अनावरण भएको छ ।
चितवन नारायणगढ स्थित हरे राम हरे कृष्ण सुनचाँदी व्यवसायको संचालक समेत रहेका अमृतमान शाक्यले आफ्नो धर्मपत्नी स्व. अमिला शाक्यको स्मृतिमा सो बुद्ध मुर्ति अनावरण गर्नु भएको हो । कुल रु. १२ लाख लागतमा बनेको मुर्ति ८ फिट अग्लो रहेको सो मुर्तिको शाक्य आफै स्वयमले अनावरण गर्नु भएको थियो । यस कार्यक्रमले धार्मिक पर्यटकीय क्षेत्र मौलाकालिका मन्दिरको महत्व झन बढ्दै जाने आम जनमानसको विश्वास रहेको छ ।
यसै बीच नेपाल मगर बौद्ध सेवा समाज गैंडाकोट नवलपरासी र नेपाल मगर संघ गैंडाकोट वडा नं १ र २ गुठीको संयुक्त आयोजनामा शान्ति पुजा एवं विश्व शान्ति बौद्ध स्तुपाको निर्माणाधिन जग्गाको शुभारम्भ कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोट नगरपालिका वार्ड नं. १ स्थित मौलाकालिका फेदीबाट ३५० मिटर पश्चिम रातो डाँडा भन्ने स्थानमा सो निर्माणाधिन विश्व शान्ति बौद्ध स्तुपा रहेको छ कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष श्री चीनबहादुर सारु मगरको अध्यक्षतामा भएको थियो ।
यसै गरी गैंडाकोट नगरपालिका स्थित मुकुन्दसेन बुद्ध विहार, अमरापुरी गाहाटाँडीको शान्ति बौद्ध स्तुपा , टाँटरीबास बौद्ध स्तुपा , साङ्क डोदन बौद्ध गुम्बा, साङछयोलिङ्ग महाबौद्ध गुम्बा, मिला काग्यू बौद्ध गु्म्बा लगायत बौद्ध गुम्बा,स्तुपाहरुमा शान्ति पुजा गरी २५६०औ बुद्ध जयन्ती भव्यताका साथ मनाएको छ ।
तपाइँको प्रतिक्रिया