नवलपरासीको गैडाकोट विजय चोकमा दुई वस , दुई ट्रक दुर्घटना

बिबेक भण्डारी गैडाकोट ३० , नवलपरासीको गैडाकोट नगरपालिका अन्तरगत विजय चोकमा मंगलवार साबारि दुर्घटना हुदा ८ जना घाइते भएका छन । बुटवलबाट नारायणगढ तर्फ जादै गरेको लु १ ख ७४३८नम्बरको यात्रुवाहाक वसलाई सोहि दिशाबाट नारायणगढ तर्फ जादै गरेको ५२७८ यु पी ५७ नम्बरको भारतिय ट्रक , सोहि दिशाबाट आउदै गरेको ना ६ ख ३९१८ नम्बरको ट्रक र सोहि दिशाबाट आउदै गरेको ना ४ ख ६०८२ नम्बरको डण्डा नारायणगढ चल्ने बस आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
पहिलो बसलाई ओभर ट्याक गर्ने क्रममा भारतिय ट्रकले पछाडिबाट ठक्कर दिदा पछाडि रहेको एउटा ट्रक र बस पनि सोहि दुर्घटनामा परेको हो । दुर्घटनामा बुटवलबाट नारायणगढ तर्फ जादै गरेको बसका चालक, सो हि वसमा रहेका केहि यात्रु , भारतिय ट्रकका चालक घाइते भएको इलाका प्रहरी कार्यलय गैडाकोटले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया