नवलपरासीको दाउन्नेमा सडकबाट बस खस्दा ४ जनाको मृत्यु

नवलपुर, ५ जेठ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडकबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । काठमान्डौबाट रुकुम पश्चिमका लागी छुटेको ना ५ ख २७१३ नम्बरको यात्रुवहाक बस आज बिहान दाउन्नेको खुर्सानिखोलाबाट सडक देखि डेढ सय मिटर तल खसेको थियो । दुर्घटनामा परि चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । बसमा ५८ जना यात्रु सवार थिए । त्यस मध्ये ५ जनाले हाम फालेर ज्यान जोगाउन सफल भएको दाउन्ने प्रहरीले जनाएको छ । काठमाडौबाट हिजो साझ ८ बजे रुकुम पश्चिम लागि छुटेको उक्त बस बिहान साढे ६ बजे दाउन्ने ओरालोमा सडक बाट तल खसेको हो ।
मृतक रुकुम पश्चिमको त्रिवेणी गाँउपालीकाकि २७ वर्षिय कल्पना पुन, बान्फिकोट गाँउपालीका ५ कि ३५ वर्षिय देवि केसि, मुसिकोट नगरपालीका १ का २१ वर्षिय गोपाल ओली र रुकुम पूर्व सिस्ने गाउपालिका ४ का ३६ वर्षका धनराज घर्ति रहेका छन् । दुर्घटनामा ४९ जना घाईते भएका छन् ।
तपाइँको प्रतिक्रिया