नवलपरासीको देबचुली ६ किर्तीपुर र धोवादीका भुकम्प पिडीतलाई नगद वितरण

९ कावासोती , नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीको संयोजनमा नवलपरासीको देबचुली ६ किर्तीपुर र धोवादीका भुकम्प पिडीतलाई नगद वितरण गरीएको छ । महिला कानुन तथा बिकास मञ्च काठमाण्डौको सहयोगमा पुर्ण क्षती भएका ७५ घर परिवार लाई बाख्रापालनका लागि भन्दै हरेक परिवार लाई ५ हजार सहयोग गरीएको हो । उपशाखा कावासोतीका परियोजना सञ्चालन समितीका संयोजक ऋषिराम कण्डेलको अध्यक्षता , महिला कानुन तथा बिकास मञ्चका सञ्चार अधिकृत पविता अधिकारीको प्रमुख आथित्यतामा सहयोेग रकम हस्तान्तरण गरीएको हो । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीका मन्त्रि शशिधर कण्डेल , उपशाखा कावासोतीका सभापती योग प्रसाद रिजाल , लिला राना , मिन वहादुर सोती मगर लगाएतकाले बोल्दै बास्तबिक भुकम्प पिडीतको पहिचान गरी आर्यआर्जनमा टेवा पुर्याउन सहयोग गरीएको भन्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । माननिय न्यायधिस सपना मल्ल प्रधानको पहलमा रेडक्रस मार्फत सो सहयोग रकम हस्तान्तरण गरीएको सहसचिव बाबुराम कण्डेलले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया