नवलपरासीको धोवादीमा पानीको हाहाकार पानीका लागी तिन घण्टाको वाटो हिड्नबाध्य

सावित्री रेग्मी कावासोति, वैशाख १६ ,
समयको परिवर्तन संगै देश विकासको गति तर्फ फड्को मार्नु पर्ने हो तर हामी भने स साना कुराहरुमा नै अल्झिएर बस्नुपर्ने अवस्था छ । विकास निमार्णका कार्यहरु देशका हरेक क्षेत्रमा समान रुपले अगाडी बढ्न नसक्दा अधिकांस स्थानहरुमा विकास समान रुपले हुन सकिरहेको छैन ।कस्तो विडम्वना, देशको विकास भएनन भनौ भने देशका केहि क्षेत्रमा विकासका पुर्वधारको पहुच पुगेको छ ।बाटो घाटो विजुलि ,पानी,यातायात ,घरघरमा खाने पानी लगाएतका सवैको सुविधा पुगेको छ ।तर देशका अधिकांस पहाडि गाविसका स्थानियहरु भने आवश्यक विकासका पुर्वधारहरुको अभावमा दुख काट्न बाध्य छन ।पहाडी गाविसहरुमा बसोवास गर्ने स्थानियहरुका लागी बाटो घाटो,विजुलि ,खानेपानी लगाएतका विभिन्न किसीमका समस्याले सताउने गर्दछ । यसै मध्येको प्रमुख समस्या खाने पानी पनि एक हो ।
अझ गमी को समयमा पानीका मुहानहरु सुक्ने भएका कारणले पनि यो समयमा खाने पानीको समस्या बढी हुने गर्दछ । अघिल्लो बर्ष भुकम्पले पानीका मुहानहरु पुरीदिएको हुनाले पानी अभाव अझ खड्कीएको छ ।बर्षेनि खाने पानीको समस्या भोग्दै आईरहेका छन नवलपरासीको धौवादी ३ पोखरीका स्थानियहरु । यहां का स्थानियहरुलाई खाने पानीको समस्याले निकै सताउने गरेको छ । पानी लिनका लागी दैनिक दुई तिन घण्टाको वाटो हिड्न बाध्य छन । पानी मानिसका लागी अति आवश्यक भएकाले विहान घरको सवै काम छाडेर पनि दुई देखी तिन घण्टाको बाटो हिडेर १ गाग्री पानी लिन जाने गरेको स्थानिय महिलाहरु वताउंछन । अझ वाल वच्चा केटाकेटिहरु हुदां निकै समस्था हुने गरेको छ । दुई तिन घण्टाको बाटो हिडेर गए पनि पानी थाप्न लाईनमा बस्नु पर्दछ । त्यहां पानी भर्न नपाए अझ तल २ घण्टा हिडेर खोलामा जानु पर्ने स्थानियहरु वताउंछन । पहिला यो गाउंमा पानीको समस्या त्यस्तो थिएन । विगत ५ वर्ष देखी भने यहांका स्थानिहरुले बर्षेनि पानीको समस्या झेल्दै आएका छन । पहाडी गाविस त्यसै माथि पनि गर्मी मौसममा मुलहरु सुक्ने भएकाले निकै समस्या हुने गर्दछ । सोलर वाट तानेर गाउंमा ल्याएको पानीले खान पनि नपुग्ने अवस्था छ।अझ विद्यालयमा विद्यार्थिहरुलाई दिवा खाजाको ब्यवस्था हुदां निकै समस्या पर्ने गर्दछ । टिफिनमा विद्याथीहरु आफै पानी लिन जानु पर्ने अवस्था छ भने कतिले घरवाट नै आफ्नो लागी आवश्यक पानी ल्याएर काम चलाईरहेको श्री नवजागरण प्रा वि पोखरीका शिक्षकहरु वताउंछन । त्यहांका स्थानियहरुले दैनिकै जसो खानेपानीको यस्तो समस्या भोग्नु परेको छ । नुवाई धुवाईका लागी त सोच्नै नपर्ने स्थानियहरु वताउंछन । पहिला खानको लागी आवश्यक पानी भए पछि अरु कुरा सोच्ने हो नभए नुहाउन का लागी पानी नपाएको उनिहरु वताउंछन । हाम्रो देश जलस्रोतमा विश्वको दोस्रो धनि देश भनिरहदां देशवासीहरुले खाने पानीको लागी गरेको यो संघर्ष ले के जनाउछ ??त्यो हामी माझ छलङ्ग नै छ ।जुन देश जे कुरामा धनि छ । त्यो देशका मानिहरु त्यहि बस्तुको अभावमा छटपटाईरहनु परेको छ । यो त एउटा उदाहरण मात्र हो ,हाम्रो देशमा अन्य यस्ता समस्या हरु थुप्रै छन । यस्ता समस्या तर्फ सम्वन्धित निकायको ध्यान कहिले जाला
तपाइँको प्रतिक्रिया