नवलपरासीको नवलपुर क्षेत्रमा कालोवजारी नियन्त्रणका लागी बजार अनुगमन शुरु

चाडपर्वमा हुने कालोवजारी नियन्त्रणकालागी विहीवार नवलपरासीको नवलपुर क्षेत्रमा बजार अनुगमन शुरु गरिएको छ । ईलाका प्रशाशन कार्यालय कावासोतीका प्रमुख लुक वहादुर क्षेत्रीको नेतृत्वमा आजबाट अनुगमन शुरु गरिएको हो । विहान कावासोतीको फलफुलचोकबाट बजार अनुगमन शुरु गरिएको छ । आज खास गरि भैरहेको छ । अनुगमनका क्रममा कावासोतीको कृषि उपज बजार व्यवस्थापन समिती अन्तरगत रहेका मासु पसलहरु व्यस्थित रहेको पाईएपनि कावासोतीको फलफुचोकमा रहेका अन्य मासु पसलहरुमा अहिलेसम्म गरिएको अनुगनका क्रममा सरसफाईमा बेवास्ता गर्ने गरेको पाईएको प्रशाशन प्रमुख क्षेत्रीले बताउनुभयो । यस्तै मुल्यसुचि नटासेको , दर्ता नगरेको , कतिपय नविकरण नगरेको पाईएको उहाले बताउनुभयो । उहाले पसल संचालकहरुलाई पहिलो पटक सम्झाएर छाडिएको र अटेर गरे कानुन अनुसारको कारवाहि गरिने बताउनुभएको छ ।
तपाइँको प्रतिक्रिया