नवलपरासीको परासीमा झराही खोला पस्दा सयौ घर डुवानमा

नवलपरासीमा बाढीको कारण कहां कहां के के भयो
नविन पौडेल, साउन ७ । परासी । लगातार चार दिन देखी परेको बर्षाका कारण नवलपरासीको सदरमुकाम परासी मा बाढी पसेको छ । झराही खोला बढ्दा खोलाको धार परिवर्तन भई परासीमा बाढी पसेको हो । खोलाले धार परिवर्तन गरि पूर्वबाट पश्चिम बग्दा पुरै क्षेत्रमा जलमग्न भएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।परासीका घर र पसलहरुमा पानी पसेको छ सर्यौ घर डुवानमा परेको छ । राति ३ बजे देखि खोला गाउँमा पसेपछि स्थानीयहरु सास्ती भएको छ । जिल्ला प्रशासान कार्यालय , जिविस तथा जिल्ला प्रहरी कार्यालय समेत जलमग्न भएको छ । बाढीको कारण सरकारी कागजात समेत भिजेको छ । वाढीको कारण मानविय क्षती नभएपनी कच्चिघरहरु ढलेको प्रहरीले वताएको छ । उद्धारका लागि अञ्चल प्रहरी , शसस्त्र प्रहरी तथा सेना तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । त्यसैगरी नवलपरासीको बेनिमणिपुर ६ पनि डुबानमा परेको छ । बेनिमणिपुर ६ को कोल्टानी, बैरेनी, खयरघारी गाउँ पुरै डुबानमा परेको छ । यहाँ बाख्रा तथा कुखुराहरु बगाएको स्थानीयले बताएका छन् मानवीय क्षति भने भएको छैन । उता नवलपरासीको हरपुर क्षेत्र पनि डुबानमा परेको छ । त्यसैगरी विनयी खोला लगायतका अन्य खोलाहरुमा आएको बाढीका कारण दुम्किबासबाट सर्दी चल्ने भित्री सडक अवरुद्ध भएको छ । त्यसैगरी लगातारको बर्षा पछि झरेको ससाना पहिरोको कारण नवलपरासीको दलदलेबाट डेढगाउं बुलिङ्गटार चल्ने भित्री सडक अवरुद्ध भएको छ ।
तपाइँको प्रतिक्रिया