नवलपरासीको मैनाघाटमा जिप पल्टदा १८ जना घाईते

प्रकाश बस्याल नवलपरासी २५, कार्तिक । नवलपरासीको मैनाघाट ४ कोत्थरमा आज मा जिप दुघृटना हुदा १८ जना घाईते भएका छन्। ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक नर बहादुर साउद का अनुसार आज दिउसो सवा १२ बजे मैनाघाट ५ दमाहार बाट अरुणखोला आउदै गरेको लु १ ज ११७० नम्वरको यात्रुबहाक जिप को ब्रेक फेल हुदा जिप अनियन्त्रीत भई सडक छेउ पल्टीदा दुर्घटना भएको हो। जिपमा करीव ३० जना यात्रुहरु रहेका थीय ।दुर्घटनामा १८ जना घाईते भएको बताईएको छ। घाईतेमध्य ९ जनाको भरतपुरमा र अन्य ९ जनाको स्थानिय मेडीकलमा उपचारभईरहेको छ। नवलपरासीको मैनाघाटमा जिप पल्टदा १८ जना घाईते IMG 0093 जिपका चालक र जिलाई प्रहरीले नियन्त्रमा लिई अनुसन्धान गरीरहेको प्रहरी ले जनाएको छ। कच्चि तथा घुमाउरो बाटो र जिपको क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घजना भएको हुन सक्ने प्रहरी निरक्षिक साउदले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया