नवलपरासीको शाश्वतधाममा राष्ट्रपति भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, श्रीश्रीश्री रविशंकर एकै ठाउँमा

बिबेक भण्डारी २३, राष्ट्रपति विद्यादेवी भण्डारी मंगलवार नवलपरासी आउनुहुने भएको छ । नवलपरासीको देवचुलि दुम्कौलिमा निर्माण भएको सास्वतधामको उद्घाटन गर्न मंगलवार नवलपरासी आउने कार्यक्रा तय भएको छ। उद्योगपति विनोद चौधरीले नवलपरासीको दुम्कौलीमा निर्माण गरेको शाश्वतधाममाको मंगलबार हुने उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, श्रीश्रीश्री रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वती एउटै मञ्चमा आउने भएका छन । मंगलबार दिउँसो १२ बजे खजुराहो शैलीमा निर्माण भएको शाश्वतधाममाको मुल मन्दिरको गर्भ गृहमा प्राण सिञ्चित गरी यसको उद्घाटन हुने छ। उक्त अवसरमा सयौँ पण्डितको उपस्थितिमा धर्मसभा हुनेछ। पशुपतिनाथबाट समेत पण्डित सभामा आउने जानकारी गराइएको छ । शाश्वतधाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ । शाश्वतधामको निर्माण औद्योगिक पार्कका लागि मात्र नभएर नवलपरासीवासी र सम्पूर्ण नेपालीकै लागि भएको हुदा सो धाम नमुनाको रुपमा विकास हुने बताइएको छ। मन्दिर निर्माणको सुरुदेखि अहिलेसम्म सक्रिय श्रेष्ठले जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम नै शाश्वतधामको निर्माण सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया