नवलपरासीको होम स्टेमा थरुहट/ थारुवानको क्षेत्रीय समीक्षा बैठक सम्पन्न ।

थरुहट/थारुवान आन्दोलन संयुक्त संघर्ष समीतीको आयोजनामा आशोज ९ गते नवलपरासीको अमलटारी मध्यवर्ती होम स्टेमा क्षेत्रीय समीक्षा बैठक सम्पन्न भएको छ । उक्त समीक्षा बैठकमा कपिलवस्तु, रुपन्देही, नवलपरासी र चितवन जिल्ला समाबेश भएका थिए ।
थारु कल्याणकारी सभा नवलपरासी तथा थरुहट/थारुवान आन्दोलन संयुक्त संघर्ष समीतीका अध्यक्ष गणेशमान महताको सभापतित्व तथा प्रमुख अतिथि फोरम लोकतान्त्रिकका नेता योगेन्द्र चौधरी, बिशिष्ट अतिथि थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष गंगा थारु, बिशेस अतिथिमा थाविस बरिष्ट उपाध्यक्ष शिव नारायण चौधरी , प्रचार विभागका ओम नारायण महतो लगाएत जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भने संघीय लोकतान्त्रिक मञ्च थरुहटकी अध्यक्ष रुक्मिणी थारु, थरुहट/थारुवान आन्दोलन संयुक्त संघर्ष समीतीका संयोजक धनिराम चौधरी पनि सहभागी हुने बताइए पनि उपस्थिति रहेन ।
कार्यक्रममा चितवन जिल्लाबाट थाकस जिल्ला सभापती बिसराम महतो तथा टिकेन्द्र चौधरीले , नवलपरासीको नवलपुर भागबाट थाकस केन्द्रिय सदस्य इनर प्रसाद महतो , परासीबाट श्यामसुन्दर चौधरी , रुपन्देही र कपिलबस्तुबाट आन्दोलन संयोजकले आन्दोलनको प्रतिवेदन प्रस्तु गरेका थिए ।
क्षेत्रीय समीक्षा तथा बैठक कार्यक्रममा बक्ताहरुले चितवनदेखि कञ्चनपुर सम्मको जिल्लालार्ई थरुहट हुनु पर्नेमा जोड दिनुका साथै माग सुनिचित गर्न मधेसीसंग सहकार्य गर्ने बताएका थिए ।
तपाइँको प्रतिक्रिया