नवलपरासीमा करेन्ट लागेर एकको मृत्यु

बिबेक भण्डारी १५, नवलपरासीको बेनिमणीपुर १ जुकाहामा माछा मार्ने क्रममा बुधबार करेन्टलागेर १ जनाको मृत्यु भएको छ । दिउसो खोलामा करेन्टले माछा मार्ने क्रममा तार जेड्ने क्रममा करेन्ट सप्लाइ भइ बेनिमणीपुर १ जुकाहा बस्ने नर बहादुर बि.क का १६ वर्षिय छोरा बुद्धिराज बि कको ज्यान गएको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ । घटना दिउसो १२ बजेर ३५ मिनेट जादा भएको हो ।
तपाइँको प्रतिक्रिया