नवलपरासीमा ग्यासको केही राहत

पुरुषोत्तम सुबेदी,नवलपरासी , २३ कार्तिक । लामो समयपछि नवलपरासीमा केही भएपनि ग्यास बितरण भएपछि सर्बसाधारणहरुले राहतको महशुस गर्न थालेका छन् ।आधा सिलीण्डर ग्यास उपलब्ध गराउने सरकारी निर्णय अनुसार जिल्लाका बिभिन्न क्षेत्रमा ग्यास बितरण भएपछि सर्बसाधारणले केही भएपनि राहतको महशुस गर्न थालेका हुन् । नवलपरासीमा सबैभन्दा बढी आरती ग्यास बाडीएको छ । जिल्लामा उद्योग रहेको आरती ग्यासले जिल्लाबासीलाई प्राथमिकतामा राखी केही भएपनि उपभोक्ताहरुलाई ग्यास बितरण गरेको छ ।बिगत २ महिना देखी ग्यास नपाएर समस्यामा परेको नवलपरासीका उपभोक्ताहरुलाई स्थानिय प्रशासनको सहकार्यमा ग्यास ब्यवसायीहरुले ग्यास उपलब्ध गराएका छन् ।जिल्लाबासीलाई उच्च प्रथमिकतामा राखेर आरती ग्यासले जिल्लाको सदरमुकाम परासी सहित बिभिन्न क्षेत्रमा सर्बसाधारणकालागी आधा सिलीण्डर ग्यास उपलब्ध गराएपछि स्थानियहरुले राहत थालेका हुन् । यद्यपी ग्यास ब्यवसायीहरुले जिल्लामा रहेको ग्यास उद्योगले अन्य कम्पनीका ग्यास सिलीण्डरमा पनि आधा सिलीण्डर ग्यास भर्ने ब्यवस्था मिलाईदिन प्रशासन समक्ष आग्रह गर्दै आएका छन् ।
तपाइँको प्रतिक्रिया