नवलपरासीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै लाखौ ठगी, कसरि ठगे ?

कार्तिक-४, नवलपरासीको कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्तिले भ्रम पैदा गरी ठगी गरेर फरार भएका छन् । कम्पनीको कन्ट्री म्यानेजर आफू भएको र चितवन घर बताउने मोहन कोईराला विभिन्न व्याक्तिहरुसँग पैसा उठाएर फरार भएको श्रोतको दाबी छ । कोईराला कावासोतीमा शाखा विस्तारको लागि ७ दिन पहिले यहाँ आएका थिए । उनी पहिला को मार्फत कसरी यहाँ आए भन्ने खुल्न सकेको छैन् । शाखा खोल्ने भन्र्दै विभिन्न व्याक्तिहरुसँग पैसा उठाउँर्दै हिडेपछि डाबरको केन्द्रीय कार्यालयमा सम्पर्क गर्दा उक्त व्याक्ति कर्मचारी समेत नरहेको र कावासोतीमा कुनै शाखा विस्तारको योजना नरहेको बताएपछि उक्त व्याक्तिले ठग्ने योजना बनाएको रहस्य बाहिर आएको छ । शाखा विस्तार गर्ने भन्दै यहाँका उद्योगी व्यवसायी, संचारकर्मी, लगाएत बैंकका म्यानेजरहरुलाई समेत रिजाएर करिव ३ लाख रुपैयाँ लगेर उनी बेपता भएका हुन् । अहिले सम्म उनले कति रकम ठगेका छन् भन्ने एकिङ्ग भएको छैन् तर प्रहरीमा आफूहरु ठगिएको भन्र्दै उजुरी पर्न थालेको छ ।
शाखा समेत खोल्ने ठगीको सोच
कावासोतीको नवलपुर पेट्रोल पम्प अगाडीको भवनमा जडीबुटी संकलनको लागि घर भाडामा लिएका थिए । तर उनले घरको कुनै पैसा भने दिएका थिएनन् । यहाँको स्थानीय फर्निचर उद्योगबाट फर्निचरका सामाग्रीहरु लगरे राखेका थिए, भने एउटा सुरक्षा गार्ड समेत नियुक्ति गरिसकेका थिए । आफूले भारतबाट कम्पनीको शाखा खोल्न आएको र नेपालसँग कुनै पनि सरोकार नराख्ने बताउने कोईरालाले यहाँका प्रभूत्व व्याक्तिहरुलाई हातमा लिएर कार्तिक १२ गते शाखा खेल्ने तयारी गरेका थिए । उनले कार्यालयको लागि आवश्यक फोन समेत टेलिकमबाट लगिसकेका थिए । उक्त रकम समेत जागिर दिने भनेर भनिएका व्याक्तिले तिरेका थिए ।
जागिर दिने नाममा गार्डबाट ६० हजार ठगी
जागिर दिने तथा सापटीको रुपमा यहाँका करिव १५ जना व्याक्तिबाट ३ लाख रुपैयाँ लगेको बताईएको छ । नाम नबताउने सर्तमा एक व्याक्तिले भने, यहाँका उद्योगी व्यावसायी देखि संचारकर्मी, बैंकका कर्मचारीलाई समेत भ्रममा पारेर ति व्याक्तिले यसरी रकम ठगेका हुन् । विभिन्न होटलहरुमा खान खाएको पैसा र पसलहरुबाट मोवाईल, फर्निचर, लगाएतका सामाग्रीहरु लगेको सामानको पैसा समेत तिर्न बाँकी रहेको बताईएको छ । कार्यालय खोल्ने अन्तिम तयारी गरेका उनले आफूले नै राखेका सुरक्षा गार्डसँगबाट ६० हजार रुपैयाँ ठगेका छन् । समान लिनको लागि तत्काल नगद पैसा नभएको र साँझ दिने भन्दै लगेको ति ठगिएका सुरक्षा गार्डको भनाई छ ।
कर्मचारी राख्न पत्रिकामा बिज्ञापनदेखि बिज्ञापन गर्न साढे ३२ लाखको चेक दिएशाखा खोल्ने तयारी गरेका कोईरालाले शनिवार कावासोतीको एक पत्रिकामा बृहत सांस्कृतिक कार्यक्रमको बिज्ञापन र कर्मचारी आवश्यकताको सूचना निकालेका छन् । एकाउन्टेनदेखि, रिसेप्सनिष्ट, फिल्ड सुपरभाईजरदेखि सुरक्षा गार्ड गरि ११ जना कर्मचारी माग गरेका छन् ।
कावासोती डाबरको ईमेल मात्र उल्लेख गरी उनले कर्मचारी माग गरेका छन् । विभिन्न मिडियामा डाबरको बिज्ञापन गर्नको लागि यहाँको एक पत्रकारलाई सम्झौता गराई साढे ३२ लाख रुपैयाँको चेक दिएका थिए ।
ठगिएका उनले भने मेरो फोन समेत लगेर ऊ फरार भयो । भारतीय लेटर प्याडमा हिन्दी मै गरेको एग्रिमेण्टमा एभेरेष्ट बैंकको चेक दिएका छन् । उनले समेत आफू ठगिएको भन्र्दै सम्झौता पत्र र चेक सहित ईलाका प्रहरी कार्यालय कावासोतीमा निवेदन दिएका छन् ।
७ दिनमै लिए गन्यमान्य व्याक्तिलाई साथ
उनी कावासोतीमा आएको करिव ७ दिन भएको छ । केहि दिनकै अन्तरालमा यहाँका मुख्य उद्योगी, बैंकका म्यानेजर र अन्य सामाजिक व्याक्ति, संचारकर्मीहरुलाई समेत रिजाउन भ्याएका थिए । राम्रै व्याक्तिको उठबसले उनलाई धेरैले विश्वास गर्न भ्याएका थिए । अगे्रजी समेत राम्रो बोल्ने र डाबर कम्पनीको सिट्मबारे जानकार राख्ने, अहिले डिग्री गर्न लागेको बताउने गरेको श्रोतको दाबी छ । नेपालका ठूला ठूला प्रहरीदेखि अन्य नेताहरु समेत आफ्नो साथी भएको बताउने गरेका थिए । उनको सम्पर्कमा रहेका एक व्याक्तिले भने बुधबार प्रहरीको उच्च अधिकारी समेत भेट्न कावासोती आउने कुरा समेत गरेका थिए ।
तपाइँको प्रतिक्रिया