नवलपरासीमा तिल्याहा बच्चा जन्मियो

बिबेक भण्डारी १६ दुम्कौली,नवलपरासिमा रहेको दुम्कौलि स्वास्थ्य चौकिमा आज ३० बर्षकि महिलाले ३ वटा स्वास्सथ्य बच्चा जन्माउन सफल भएकि छन् । हल भारतिपुर घर भई सत्केरि गराउनका आज बिहान ११बजे दुम्कौलि स्वास्थ्य चौकिमा आउनुभएकि देवि माया सार्किको कोख बाट तिन जना स्वास्सथ्य छोराहरुको जन्म भएको छ । उहाले पहिलो बच्चा १२ बजेर ३० मिनेट , दोस्रो बच्चा १२ बजेर ४५ मिनेट र तेस्रो बच्चा १२ बजेर ५७ मिनेट जादा जनमेका थिए । जन्मिने बच्चाहरुको तौल सबै शिशुको बराबर रहेको छ । जन्मिएका ३ बच्चा मध्ये सबै धन्दा पछि अथार्त १२ बजेर ५७ मिनेट जादा जन्मेको बच्चा उल्टो जन्मिएकाल अरु बच्चा भन्दा कमजोर रहेको छ । उहालाई सुत्केरि गराउनका लागि स्वास्थ्य चौकिका कमला खवास , रुक्मति आले , रेनुका भुसाल तिन जना सिस्टरहरुको सहयोगमा सुत्केरि गराईएको थियो । अहिले बच्चा र आमाको अवस्सथा सामान्य रहेको सुत्केरि सेवा मा सम्लगन सिस्टर कमला खवासले जानाकारि गराउनुभएको छ
तपाइँको प्रतिक्रिया