नवलपरासीमा धान दिवस मनाईयो , करिब ४० प्रतिशत धान रोपाई

पुरुषोत्तम सुबेदी
नवलपरासी , १५ असार । आज असार १५ सम्म नवलपरासीमा करिब ४० प्रतिशत धान रोपाई भएको छ । बिशेष गरी जिल्लामा यस बर्ष मसिनो , मोटो र स्थानिय जातहरुका गरी मिश्रीत जातका धान रोपाई भएको हो ।मोटो तर्फ राधा चार , साबित्री , मसिनो तर्फ साभा चौहान , सभामन्सुली , बिभ्निन हाईब्रिज र स्थानिय प्रजातिका धान बढी मात्रमा रोपाई भएको जिल्ला कृर्षी कार्यालयका प्रमुख तेज नारायण गैरेले बताउनुभयो ।
यसैबिच आज असार १५ को अवसरमा पानी नवलपरासीको बिकट देउरालीमा धान दिवस बिशेष कार्यक्रम समेत सम्पन्न भएको छ । असार १५ संगै नवलपरासीका किसानहरु यतिबेला धान रोप्न ब्यक्त भएका छन् । बिशेष गरी यस बर्ष समयमै बर्षा भएका कारण किसानहरु धान रोप्न ब्यक्त भएका हुन् ।
बिशेष गरी जिल्लाको कावासोती क्षेत्र र जिल्लाको दक्षिणी क्षेत्रमा धान रोपाई तिब्र रुपमा अघि बढीरहेको छ । समयमै ब्ँर्षा भएका कारण यसबर्ष समयमै धान रोपाई पुरा हुने जिल्ला कृर्षी बिकास कार्यालयको अनुमान छ ।कम बर्षा भएका केही ठाउंमा किसानहरु धान रोपाई गर्ने क्रम केही मात्र भएपनि बर्षा पुर्ण रुपमा भएको क्षेत्रमा धमाधम धान रोपाई कार्य भईरहेको छ । बजारमा देखिएको रासायनिक मलको अभाब , र धानको उचित मूल्य पाउन नसक्ने भएकाले किसानहरुलाई समस्या हुने गरेको किसानहरुको भनाई छ ।
जिल्लामा बार्षीक १ लाख ७२ हजार मेट्रीक टन धान उत्पादन हुदै आएको छ भने ४६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाईने गरिएको छ ।
तपाइँको प्रतिक्रिया