नवलपरासीमा नगदसहित पाँचजना जुवाडे पक्राउ

नवलपुर, १ मंसिर ।
नवलपरासी (पूर्व) देवचुली नगरपालिका १२ गैडीबाट प्रहरीले मंगलबार जुवा खेलिरहेको अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरी टोलीले गैडी बस्ने होमराज गिरीको घरमा जुवातास खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार पक्राउ पर्नेहरुमा जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा.१२ का वर्ष ५२ को चित्र बहादुर काफ्ले, वर्ष ३५ को होमराज गिरी, वर्ष ३३ को कृष्ण बहादुर तामाङ, वर्ष ३९ को पदम बहादुर महतो र वर्ष ४३ को हरी बहादुर बाचे रहेका छन् ।
पक्राउ परेकाको साथबाट नगद सन्तानब्बे हजार तिन सय दश रुपैँया र २ बुक तास बरामद भएको जानकारी प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाइँको प्रतिक्रिया