नवलपरासीमा नदिमा डुबेर एक बालकको मृत्यु

साउन २९ । कावासोती,
नवलपरासीमा नदिमा डुबेर शनिवार एक बालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुलिनगरपालीका ७ बस्ने होम प्रसाद न्यौपानेका १३ वर्षिय छोरो शिव न्यौपान घुमाउनेघाटमा पौडि खेल्ने क्रममा नदिमा डुबि मृत्यु भएको जनाएको छ । पौडि खेल्न भनि गएका छोरा अबेर सम्म घर नफर्के पछि अभिभावक खोज्न जादा नदिमा डुबेको जनाइएको छ । बालकको पोष्टमाटमका लागि दुम्कौली प्रथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।
तपाइँको प्रतिक्रिया